नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले डेंगी नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ।
नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्।
बजारमा सिटामोलको अभावका कारण डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको नेविसंघले जनाएको छ।
अस्पतालमा पनि बिरामीका लागि बेडको कमी भएको भन्दै उचित व्यवस्था मिलाउन र निशुल्क उपचार गराउन माग गरेको छ।
यस्तै नेविसंघले जनचेतनामुलक कार्यक्रमको आयोजना समेत गर्न सरकारसँग माग गरेको छ।