काठमाडौंको हलचोकमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित सडकमा बिहीबार साँझ बससँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक धादिङ थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।