काठमाडौंको स्वयम्भुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
शनिबार राति काठमाडौं महानगरपालिका-१५ स्वयम्भु चौमतिमा प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्यांकरले बा.८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट स्कुटर चालक सोही महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्र मुनि बज्राचार्यको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।