डोल्पा जिल्लाको फोक्सुन्डो ताल किनारमा अवस्थित थासुङ छोलिङ गुम्बाका खेन्पो साम्दुक निमा रिम्पोछेको काठमाडौंस्थित त्रितेन नोर्बुचे गुम्बामा आयोजित कार्यक्रममा सिंहासन गराइएको छ।
विगत तीन दशक भन्दा लामो समयदेखि वोन धर्मको प्रर्वद्धनमा क्रियाशील रिम्पोछेलाई मंगलबार औपचारिक रुपमा सिंहासन गराइएको हो। नेपाल वोन बुद्धिष्ट महासंघका महासचिव गेसो लोडोई छोगलेककाअनुसार धार्मिक परम्पराअनुसार उनलाई सिंहासन गराइएको हो।
‘बोन धर्मको परम्परा संरक्षण र प्रर्वद्धनमा उहाँको योगदान अतुलनिय छ’, सिंहासन आरोहण कार्यक्रममा महासचिव छोगलेकले भने, ‘रिग्म, पुङ्गमो लगायत गाउँमा धार्मिक पूजापाठमा उहाँ सक्रिय हुनुहुन्छ।’
कार्यक्रममा वोन धर्मका लामा, सर्बसाधारणलगायतले रिम्पोछेसँग आशीबार्द ग्रहण गरेका थिए। साथै विभिन्न वक्ताले प्राचीन वोन धर्मको महत्वबारे चर्चा गरे। कार्यक्रममा तापिरिचा विद्यालयका साथै अन्यत्रका कलाकारले धार्मिक नृत्य प्रदर्शन गरेका थिए।
हेर्नुस् तस्बिरहरू





















प्रकाशित मिति: बुधबार, माघ १८, २०७९, ०७:५९:००