आयरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा पनि घरेलुु टिम इंग्ल्यान्ड विजयी भएको छ।
शनिबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। जितसँगै इंग्ल्यान्डले विश्वकप सुपरलिगमा १० अंक थपेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २१२ रन जोड्यो। उसका लागि कुर्टिस चाम्फरले ६८ रन जोडे।
बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ३ विकेट लिए।
२१३ रनको लक्ष्य इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३२.३ ओभरमा पार गर्यो।
इंग्ल्यान्डका लागि जोनी बायस्टोले उत्कृष्ट ब्याटिङ गरे। २१ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका उनले आउट हुनुअघि ४१ बलमा ८२ रन जोडे।
उनले इयान मोर्गानको नाममा रहेको इंग्ल्यान्डका लागि एकदिवसीय खेलमा छिटो अर्धशतकको रेकर्ड बराबरी गरे। उनी प्लेयर अफ दि म्याच भए।
बलिङमा आयरल्यान्डका जोस लिटिलले ३ विकेट लिए।