सिजनको इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स लिगको अन्तिम खेलमा पराजित भएको छ। युभेन्ट्सलाई शनिबार राति भएको खेलमा रोमाले ३-१ ले पराजित गरेको हो।
सिरि 'ए' को खेलमा युभेन्ट्स घरेलु मैदानमा ४० खेलमा पहिलोपटक पराजित भएको हो।
पछिल्लो पटक युभेन्ट्स २२ अप्रिल २०१८ मा नापोलीसँग घरेलु मैदानमा हारेको थियोे। त्यसयता घरेलुु मैदानमा खेलेको ३९ खेलमा हारेको थिएन।
क्रिस्टियानो रोनाल्डो अनुपस्थित खेलमा युभेन्ट्सका लागि गोन्जालो हिग्युइनले पाँचौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए।
तर रोमाका लागि कालिनिकले २३ मिनेट तथा पेरोट्टी ४४ र ५२ मिनेटमा गरि दुई गोल गरे। युभेन्ट्सले अन्तिम ८ खेलमा २ खेलमा मात्र जित निकाल्यो।
जसका कारण उसले दोस्रो स्थानको इन्टर मिलानसँग १ अंकको मात्र अग्रता लियो। अन्तिम खेलमा इन्टरले तेस्रो स्थानको एटलान्टालाई २-० ले हरायो।