पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेञ्च सुपर कपको उपाधि जितेको छ।
बुधबार भएको उपाधि भिडन्तमा मार्सेलीलाई २-१ गोलले पराजित गर्दै पिएसजीले उपाधि जितेको हो।
पिएसजीले कीर्तिमानी १०औं पटक उपाधि जितेको हो।
खेलको ३९ मिनेटमा माउरो इकार्डीको गोलबाट पिएसजीले अग्रता लियो।
८५ मिनेटमा पिएसजीले पेनाल्टी पाएको थियो।
इकार्डीलाई मार्सेलीका गोलकिपरले लडाएपछि प्राप्त पेनाल्टी अवसरमा नेइमारले गोल गरे।
मार्सेलीका लागि डिमिट्री पाएटले दोस्रो हाफको अन्त्यतिर गोल फर्काए पनि सो गोल सान्त्वनामै सीमित बन्यो।
केही अघि पिएसजीको प्रशिक्षक नियुक्त भएका माउरिसियो पोचेटिनोले प्रशिक्षकको रुपमा पहिलो उपाधि जितेका छन्।