इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएको छ।
बिहीबार राति भएको खेलमा आर्सनललाई क्रिस्टल प्यालेससले गोलरहित बराबरीमा रोकेको हो।
बराबरीमा रोकिएसँगै सबै प्रतियोगिता गरी लगातार चार खेलमा जित हात पारेको आर्सनलको जितको यात्रा रोकिएको छ।
खेलमा आर्सनलका फरवार्डले अवसर पाए पनि सफल भएनन्। आउबामेयाङको प्रहार सफल हुन सकेन।
आर्सनल अंक तालिकाको ११ औं स्थानमा छ। उसले १८ खेलबाट २४ अंक जोडेको छ।
प्यालेसको २३ अंक भएको छ। प्यालेस १३औं स्थानमा छ।