पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
पिएसजी शनिबार राति भएको खेलमा एन्जर्सलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो।
पिएसजीको जितमा कुर्जावाले गरेको गोल निर्णायक बन्यो।
उनले खेलको ७० मिनेटमा गोल गरेका थिए। डिफेन्डर कुर्जावाले भली सर्टमार्फत बललाई गोलपोस्टको दिशा दिएका थिए।
जारी लिगमा पिएसजी लगातार सात खेलमा अपराजित छ।
जितसँगै शीर्ष स्थानमा पुगेको पिएसजीले २० खेलबाट ४२ अंक जोडेको छ।
दोस्रो स्थानको लियोनको १९ खेलबाट ४० अंक छ।