ब्राजिलियन फरवार्ड नेइमारले फ्रेञ्च क्लब पिएसजीसँग नयाँ सम्झौता गरेका छन्।
पिएसजी र नेइमारबीच जुन ३०,२०२५ सम्मका लागि सम्झौता भएको हो।
२९ वर्षीय नेइमारले पिएसजीसँग नयाँ सम्झौता गर्दा खुसीको क्षण भएको बताएका छन्।
उनी सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट कीर्तिमानी २ सय मिलियन पाउन्डमा पिएसजीमा आबद्ध भएका थिए।
उनी फेरि बार्सिलोनामा फर्कने चर्चा चले पनि पिएसजीमा थप चार वर्षका लागि सम्झौता गरेका हुन्।
आगामी वर्ष नेइमार र पिएसजीबीच भएको सम्झौता सकिँदै थियो।
नेइमारले पिएसजीका लागि ११२ खेल खेल्दै ८५ गोल र ५१ एसिस्ट गरिसकेका छन्।