नेपाल सुपर लिगमा आजदेखि प्लेअफका खेल सुरू हुँदैछन्। पहिलो खेलमा आज शीर्ष स्थानको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच खेल हुँदैछ।
खेल दशरथ रंगशालामा अपरान्ह साढे पाँच बजेदेखि सुरु हुनेछ।
समूह चरणमा धनगढीले काठमाडौंमाथि ३-० को जित हात पारेको थियो।
आजको खेलमा काठमाडौंलाई धनगढीसँग बदला लिने अवसर छ।
धनगढीको कप्तान किरणकुमार लिम्बु र काठमाडौंको कप्तान विकेश कुथु छन्। गोलकिपर किरण राष्ट्रिय टिमका कप्तान समेत हुन् भने विकेश पनि राष्ट्रिय टिमका गोलकिपर हुन्।
खेलमा जित हात पार्ने टिम फाइनल पुग्नेछ। हार्ने टिमका लागि अर्को अवसर हुनेछ।
हार्ने टिमले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।
ललितपुर र बुटवलबीच बुधबार खेल हुनेछ।