नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले युरो कप नखेल्ने भएका छन्।
इंग्लिस क्लब लिभरपुलका सेन्टर ब्याक समेत रहेका डाइकले आगामी जुन ११ देखि जुलाई ११ सम्म हुने युरो कप नखेल्ने बताएका हुन्।
गत अक्टोबरमा घुँडाको लिगामेन्ट च्यातिएपछि शल्यक्रिया गरेका २९ वर्षीय डाइकले आराम गर्ने भन्दै युरो कप नखेल्ने घोषणा गरेका हुन्।
उनले युरो कप नखेल्दै त्यतिबेला अन्तिम चरणको स्वास्थ्यलाभ गर्ने बताए।
डाइकले चोटकै कारण इंग्लिस प्रिमियर लिगका अधिकांस खेल गुमाएका थिए।
युरो कपमा नेदरल्यान्ड्स समूह 'सी'मा छ। यो समूहमा नेदरल्यान्ड्ससँगै युक्रेन, अस्ट्रिया र नर्थ मेसेडोनिया छन्।