इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीबीच आगामी मे २९ मा हुने युरोपियन च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा खेलाइने भएको छ।
युरोपियन फुटबल महासंघले टर्कीबाट खेल स्थल सार्दै पोर्चुगललको पोर्टो सहरमा च्याम्पियन्स लिगको फाइनल गर्ने निर्णय गर्ने भएको हो।
कोरोना भाइरसका कारण लगाइएको विभिन्न प्रतिबन्धका कारण खेल स्थल सारिएको हो।
खेलका लागि दुवै क्लबका ६-६ हजार गरी १२ हजार दर्शकलाई रंगशालामा प्रवेश दिइनेछ।
पोर्चुगलबाट फर्केपछि इंग्ल्यान्डका खेलाडी र फ्यानले क्वारेन्टिन बस्नु पर्नेछैन।
टर्कीमा खेल भएको भने इंग्ल्यान्ड फर्केपछि क्वारेन्टिमा बस्नुपर्थ्यो।
पोर्चुगलमा लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल हुन लागेको हो।
गत सिजनमा पनि कोरोना कारण क्वार्टरफाइनलदेखिका खेल पोर्चुगलको लिस्बनमा भएको थियो।