पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच आज प्रतिस्पर्धा हुँदैछ।
साँझ साढे पाँच बजेदेखि दशरथ रंगशालामा खेल हुँदैछ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौं पहिलो क्वालिफायरको खेलमा धनगढीसँग पराजित भएको थियो।
अंक तालिको दोस्रो स्थानमा रहेको धनगढीले काठमाडौंविरुद्धको क्वालिफायरमा जित हात पारेसँगे सिधैं फाइनलमा स्थान पक्का थियो।
धनगढीसँग पराजित भएपछि दोस्रो मौका पाएको काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई पराजित गरेको थियो।
लिग चरणमा पनि धनगढीले काठमाडौंविरुद्ध जित हात पारेको थियो। जारी प्रतियोगितमा दुई पटक धनगढीसँग पराजित भएको काठमाडौंलाई बदला लिएर च्याम्पियन बन्ने मौका छ।
गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा उत्रने धनगढीका लागि ओलाडिपो ओलावाले आफिज मुख्य हतियार हुन्। अघिल्लो खेलमा घाइते भएका कारण उनी फाइनलमा पूर्ण फिट हुनेमा शंका छ।
काठमाडौंको कप्तानमा गोलकिपर विकेश कुथु छन्। टिमको मुख्य खेलाडी मोसौके हुन्। उनले जारी प्रतियोगिताम सात गोल गरिसकेका छन्।