फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिल लगातार छैटौं खेलमा विजयी भएको छ।
ब्राजिलले बुधबार विहान सकिएको खेलमा पाराग्वेमाथि २-० गोलको जित निकालेको हो।
ब्राजिलको जितमा नेइमार र लुकास पाक्युटाले १-१ गोल गरे।
नेइमारले खेलको चौथो मिनेटमै गोल गरेका थिए।
नेइमारलाई गोल गर्न गाब्रियल जेससले पास उपलब्ध गराएका थिए।
ब्राजिलले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा अग्रता दोब्बर पारेको थियो।
पाक्युटाले नेइमारले उपलब्ध गराएको पासमा टिमका लागि दोस्रो गोल गरेका थिए।
अंक तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिलले जितसँगै १८ अंक जोडेको छ। दोस्रो स्थानको अर्जेन्टिनाको १२ अंक छ।
अर्जेन्टिना आजै भएको खेलमा कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकियो।
दक्षिण अमेकिन छनोटअन्तर्गत अन्य खेलमा भेनेजुएलाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको छ।
पेरुले इक्वेइडरमाथि २-१ गोलको जित निकालेको छ। इक्वेइडर ९ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको उरुग्वेको ८ अंक छ।
पाँचौ स्थानको कोलम्बियाको पनि ८ अंक हुँदा छैटौं स्थानको पाराग्वेको ७ अंक छ। अंक तालिकाको पुछारमा रहेको पेरुको ४ अंक भएको छ।