युरो २०२० अन्तर्गत शनिबार भएको खेलमा वेल्स र स्विट्जरल्यान्डले बराबरी खेलेका छन्।
समूह 'ए' अन्तर्गत अजरबैजानको बाकुमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पहिले अग्रता स्विट्जरल्यान्डले लियो।
उसका लागि साकिरीको कर्नर बलमा ब्रिल इम्बोलेले खेलको ४९ मिनेटमा हेडमार्फत अग्रता दिलाए।
वेल्सका मूरेले खेलको ७४ मिनेटमा बराबरी गोल फर्काएका थिए।
स्विट्जरल्यान्डका मारियो ग्राभानोभिकले दोस्रो हाफमा बललाई जाली चुमाए पनि भिएआर रिभ्यू पछि मान्यता दिइएन।
यसअघि यो समूहको खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गरेको थियो।
आज समूह 'बी' मा डेनमार्क र फिनल्यान्ड ९ः४५ बजे तथा बेल्जियम र रसिया १२;४५ बजे प्रतिस्पर्धा गर्दैछन्।