न्युजिल्यान्डले २२ वर्षपछि इंग्ल्यान्डमा टेस्ट सिरिज जितेको छ।
आइतबार सम्पन्न दोस्रो टेस्टमा घरेलु टिम इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २ खेलको सिरिज १-० ले जित्यो।
यसअघि पहिलो सिरिज बराबरीमा सकिएको थियो।
न्युजिल्यान्डले पछिल्लो पटक सन् १९९९ मा इंग्ल्यान्डमा सिरिज जितेको थियो।
दोस्रो सिरिजको पहिलो इनिङ्ग्समा इंग्ल्यान्डले ३०३ रन जोडेको थियो। उसका लगि रोरी वर्न र डान लाउरेन्सले समान ८१-८१ रन जोडेका थिए। बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ विकेट लिएका थिए।
पहिलो इनिङ्ग्समा न्युजिल्यान्डले ३८८ रन जोड्यो। उसका विल योङले ८२ रन र रोश टेलरले ८० रनको योगदान दिए। बलिङमा इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ४ विकेट लिए।
दोस्रो इनिङ्ग्समा इंग्ल्यान्ड १२२ रनमा अलआउट भयो। जसका कारण न्युजिल्यान्डले ३८ रनको लक्ष्य पाएको थियो। सहज लक्ष्य न्युजिल्यान्डले २ विकेटको क्षतिमा पार गर्दै सिरिज जित्यो।