इंग्लिस प्रिमियर लिगमा चेल्सीले एस्टन भिल्लालाई ३-० गोलले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा चेल्सीको जितमा रोमेलु लुकाकुले दुई गोल गरे।
उनले खेलको १५ मिनेटमा पहिलो गोल गरेका थिए।
पहिलो हाफमा १-० गोलले अघि रहेको चेल्सीका लागि कोभाकिकले ४९ मिनेटमा अग्रता दोब्बर पारे।
दोस्रो हाफको इन्जुरी टाइममा लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए।
जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ४ खेलबाट १० अंक छ।
शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको पनि १० अंक नै छ। तेस्रो स्थानको म्यानचेस्टर सिटीको ९ अंक छ।