नेपाली महिला राष्ट्रिय फुटबल टिम एएफसी महिला एसियन कपको छनोट खेल्न सोमबार उज्वेकिस्तान जाँदैछ।
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विदाई गरेको छ।
एसियन कप छनोटमा नेपाल समूह 'एफ'मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।