कोरोना भाइरसका कारण राष्ट्रिय महिला लिग स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिड कारण आगामी माघ १५ देखि सुरू हुने लिग स्थगित गरिएको जनाएको छ।
एन्फाले अर्को सूचना प्रकासित गर्दै लिगको नयाँ मिति तय गर्ने जनाएको छ।
लिगमा ८ टिमको सहभागिता रहनेछ। जसमा तीन विभागीय टिमहरू नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मीसहित विराटनगर, वालिङ, चन्द्रपुर, धनगढी र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।