कुमारी बैंकले यस आर्थिक वर्षको ६ महिनामा १५ करोडको नाफा वृद्धि गरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५२ करोड २० लाख खुद नाफा कमाएको बैंकले यस वर्षको सो अवधिमा ६८ करोड ३३ लाख खुद नाफा कमाएको हो।
बैंकले यस अवधिसम्म ७५ अर्ब ४४ करोड निक्षेप संकलन गरी ७० अर्ब ७७ करोड ऋण प्रवाह गरेको छ। चुक्ता पुँजी ७ अर्ब १६ करोड रहेको छ।
बैंकले यसअघि घोषणा गरेको बोनस सेयरबाट चुक्ता पुँजी ८ अर्ब पुग्नेछ। बैंकको आधार व्याजदर ११. ५५ प्रतिशत छ। प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा छ।
बैंकले निश्क्रिय कर्जा घटाउन सफल भएको छ। गत वर्षको यस अवधिमा १. ६१ प्रतिशत रहेकोमा अहिले १. २२ प्रतिशतमा झरेको छ।
बैंकमा थप ऋण लगानीका लागि भने रकमको अभाव देखिन्छ। ८० प्रतिशतसम्मको सिसिडी रेसियोको सीमा रहेकोमा बैंकको ७८ प्रतिशत पुगेको छ।
बैंकको स्प्रेड रेट ३. ३८ प्रतिशत छ।