माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीका लागि ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ।
बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सम्बन्धि परामर्श तथा सेवा सहज रुपमा प्रदान गर्न ‘हब’ सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अनुसार विद्यार्थीहरुले ‘हब’बाट पिटिई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलि, एसिटि, एसिसिए, अष्टे«लियन भिषा शुल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदिको अनलाइन भुक्तनी गर्न सक्ने छन। साथै सो सम्बन्धी परार्श लिन सकिने छ।
‘हब’बाट विद्यार्थीले तुरुन्तै बैंक खाता समेत खोल्न सक्ने बैंकको भनाइ छ।
बैंकको पुतलीसडक शाखाबाट उक्त सेवा प्रदान गरिने छ। बैंकका ९३ शाखा ५७ शाखा रहित बैकिङ्ग सेवा छन्।