लक्ष्मी बैंकले आफ्ना ग्राहकलाई चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
बैंकका संचालक समिति अध्यक्ष शम्भुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न अठारौं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।
साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ। साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७४÷०७५ को बैंकको वित्तीय विवरण स्वीकृत गरेको बैंकले जनाएको छ।
आ.व. २०७४÷७५ मा ६५.५६ अर्ब रुपैयाँ निक्षेप र ६२.६५ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ८१ अरब रहेको छ।