सिभिल बैंक लिमिटेडले दाङस्थित आफ्नो तुलसीपुर शाखामा लकर सेवा सुरू गरेको छ।
बुधबार औपचारिक कार्यक्रम आयोजना गरी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउतले सो सेवाको उद्घाटन गरेका हुन्।
सेवाग्राहीको माग बमोजिम लकर सेवा सुरू गरिएको शाखाका अपरेसन इञ्चार्ज यज्ञराज विनाडीले जानकारी दिए।
कूल ७५ वटा लकर राखेकोमा ६६ वटा सानो खालको, ६ वटा मध्यम र ३ वटा ठूलो साइजको रहेको उनले बताए। त्यसमध्ये सानो आकारको लकर प्रयोगकर्ताले वार्षिक १ हजार ५ सय, मध्यम खालको प्रयोगकर्ताले ३ हजार ५ सय र सबभन्दा ठूलो खालको लकर प्रयोगकर्ताले ५ हजार वार्षिक लाग्ने जानकारी दिइएको छ।
शाखा प्रबन्धक प्रनिल पछाईंले महिलाको लागि भने सबै लकरहरूमा ५० प्रतिशत छुटको सुविधा दिइएको बताए।
‘अरुलाई एक हजार ५ सय वार्षिक लाग्छ भने महिलाको लागि ५० प्रतिशत छुट दिएर ७ सय ५० मा लकर उपलब्ध गराइने छ,’ शाखा प्रबन्धक पछाईंले भने।
लकर उद्घाटन भएकै दिन बुधबार २० वटा लकर बुक भएको पनि बैंकले जानकारी दिएको छ।
तुलसीपुरमा सिभिल बैंकको शाखा तीन वर्ष अगाडि २०७२ साल मंसिर २ गते स्थापना भएको थियो।