ग्लोबल आइएमई बैंकले धादिङको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ।
एक्सटेन्सन काउण्टरकोे उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरे।उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ सेवा प्रदान गर्ने बैंकको भनाइ छ।
बैंकका देसभरि १३६ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय छन्।