सिटिजन्स बैंक इन्टरनेसनलले ज्ञानेश्वरमा रहेको हिमाल हस्पिटलमा एटिएम सेवा सुरु गरेको छ।
बैंकको १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे।बैंकका देसभरि ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।