मुक्तिनाथ बिकास वैंकको खुद नाफा चैत मसान्तको तुलनामा ४०.८१ प्रतिशतले बढेको छ।
गत वर्षको तेस्रो त्रैमासिकमा ४२ करोड ७५ लाख खुद नाफा कमाएको बैंकले यो आर्थिक वर्षमा ६० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकले आज सार्वजनिक गरेको यो आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्टका अनुसार प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा पुगेको छ। गत वर्षको तेस्रो त्रैमासिकमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको थियो। यो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा बढेको हो।
यो अवधीमा बैंकले खु्द ब्याज आम्दानी ४६.२६ बढाएको छ। गत आर्थिक वर्षको ९ महिनामा बैंकले ८८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस वर्ष बैंकको खु्द ब्याज आम्दानी २९ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पुँजी ३ अर्व ६ करोड रुपैयाँ रहेको छ। यो आर्थिक वर्षमा बैंकले ४१ अर्व ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३६ करोड ४५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निष्कृय कर्जा अनुपात ०.०३ प्रतिशत पुुगेको छ।