धितोपत्र बजारको परिसूचक नेप्से १६.७१ अंकले घटेको छ।
सो अंकको गिरावट पछि परिसूचक १२७७ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको बारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.८६ बिन्दुले घटेर २७७ अंकमा अडिएको छ।
कुल १७५ कम्पनीको २३ लाख १२ हजार ५ सय ३० कित्ता शेयर ६५ करोड ३ लाख ७८ हजार ४ सय ५४ रुपैयाँमा खरिद बिक्री भएको हो।
स्टकका अनुसार कारोबार भएका १० उपसमूह मध्ये २ उपसमूहको मूल्यमा बृद्धि भएको छ भने ८ उपसमूहको शेयरको मूल्य घटेको छ।
बैंकिङ १६.२, बिकास बैंक १७.४४, माइक्रो फाइनान्स २५.८७ हाइड्रोपावर ५३.८८, फाइनान्स २.४, जीवनबीमा १२७.०२, होटेल्स १९.६१, अंकले घटेको छ भने र उत्पादन २०.८, अन्य १.१२ अंकले बढेका छन्। नेपाल बैंकले आज सवै भन्दा बढी रकम( ६२ करोड)को कारोबार भएको छ।
आज सवै भन्दा बढी नाफा कमाउनेमा मल्टिपर्पस फाइनान्स, युनाइटेड फाइनान्स, शिभम सिमेन्ट, निरुदी लघुवीत्त, एनएलजी इन्स्योरेन्स, सिटिजन्स म्युचिअल फन्ड्स, सानीमा इक्युटी फन्ड्सका लगानीकर्ता रहे।
सवै भन्दा बढी गुमाउनेमा चिलिम हाइड्रोपावर, एनआइबिएल सम्बृद्धि फण्ड, अरुण भेली हाइड्रोपावर, एभ्रेष्ट इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनी, बुटवल पावरका लगानीकर्ता रहे।