ग्लोबल आइएमई बैंकले सुनसरीको कोशी गाँउपालिका जमुवा चोकमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो।शिविरमा आँखाका रोगीहरुलाई औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई चश्मा बितरण गरिएको बैंकले जनाएको छ।
उक्त शिविरमा उपचारका लागि आएका मोती बिन्दुका बिरामीहरुको बिराटनगर आँखा अस्पतालमा शल्यक्रिया गरिएको छ।