एनएमबी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १९.९४ प्रतिशत नाफा कमाएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकको नाफा १ अर्व ३७ करोड रुपैयाँ रहेको थियो।
नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) को वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्व ६५ करोड रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको तुलनामा बैंकले ११.९० प्रतिशत निक्षेप, कर्जा प्रवाह १९.६८ प्रतिशत, कुल ब्याज आम्दानी ५०.८४ प्रतिशतले बढाएको छ।
बैंकले चालु आर्थिक वर्षको त्रैमासिकमा ९७ करोड २१ लाख रुपैयाँ बितरण योग्य नाफा कमाएको छ।
बैकको चुक्ता पुँजी ९ अर्व ६१ करोड रुपैयाँ रहेको छ भने निश्क्रिय कर्जा ०.७९ प्रतिशतमा झरेको छ।
बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा रहेको छ।