धितोपत्र बजारको परिसूचक नेप्से २१.७३ अंकले बढेको छ।
सो अंक बढेसंगै नेप्से परिसूचक १२९९ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको काबारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.०१ बिन्दुले बढेर २७८ अंकमा पुगेको छ।
कुल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर ६३ करोड ३६ लाख ५३ हजार ५ सय २९ रुपैयाँमा खरिद बिक्री भएको हो।
स्टकका अनुसार कारोबार भएका ११ उपसमूह मध्ये १० उपसमूहमा बृद्धि भएको छ भने अन्य उपसमूह घटेको छ।
बैंकिङ २९.६१ ट्रेडिङ, १०.३५, होटेल्स १९.८४, बिकास वैंक, १५.८६, हाइड्रोपावर ३.३६, फाइनान्स १.७६, जीवन निर्जीवन बीमा, ४.६६, उत्पादन ७३.६६, माइक्रो फाइनान्स १०.१७, जीवन बीमा ७५.६९ अंकले बढेको छ भने
अन्य ०.८५ अंकले घटेको छ। शिभम सिमेन्टको आज सवै भन्दा बढी रकम( ४९ करोड)को कारोबार भएको छ।
आज सवै भन्दा बढी नाफा कमाउनेमा साल्ट टे«डिङ कर्परेसन, मल्टिपर्पस फाइनान्स, सिभम सिमेन्ट, मेगा बैंक, बैंक अफ काठमाडौं, एशियन लाइफ इन्स्योरेन्स, जनता बैंकका लगानीकर्ता रहेको छन्।
सवै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी, मिर्मिरे लघुवित्त, यूनिभर्सल पावर, सिद्धार्थ इक्यूटी, आरम्भ माइक्रोफाइनान्स, रिदी हाइड्रोपावर, सानिमा इकुइटी, नागबेली लघुवित्तका लगानीकर्ता रहे।