धितोपत्र बजारको परिसूचक नेप्से २.८७ अंकले बढेको छ।
सो अंक बढेसंगै नेप्से परिसूचक १३०२ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको काबारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.७१ बिन्दुले बढेर २७९ अंकमा पुगेको छ।
कुल १६६ कम्पनीको १५ लाख ३७ हजार ३ सय ८० कित्ता शेयर ४३ करोड ६६ लाख ८२ हजार ६ सय २४ रुपैयाँमा खरिद बिक्री भएको हो।
स्टकका अनुसार कारोबार भएका १० उपसमूह मध्ये ९ उपसमूहमा बृद्धि भएको छ भने १ उपसमूह घटेको छ।
बैंकिङ ०.७३, होटेल्स १११.२४, बिकास वैंक, १.३१, फाइनान्स १.३, निर्जीवन बीमा ०.३९, उत्पादन १५.७६, अन्य ५.७१, माइक्रो फाइनान्स ६.६५, जीवन बीमा १०.७५ अंकले बढेको छ भने
हाइड्रोपावर १०. ०७ अंकले घटेको छ।
शिभम सिमेन्टको आज सवै भन्दा बढी रकम( ३६ करोड)को कारोबार भएको छ।
आज सवै भन्दा बढी नाफा कमाउनेमा हिमालयन डिस्टिलरी, ओरेन्टिल होटेल्स, साल्ट होटल, रिद्धि हाइड्रोपावर, एभ्रेष्ट इन्स्योरेन्स, माहुली सामुदायीक लघुवित्त,सिटिजन इन्भेष्टमेन्टका लगानीकर्ता रहे।
सवै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्प्नी, नेश्नल हाइड्रोपावर, महालक्ष्मी बिकास बैक, नग्दी ग्रुप, मल्टिपर्पस फाइनान्स कम्पनी, लक्ष्मी लघुवीत्त, सानीमा माई हाइड्रोको लगानीकर्ता रहे।,