गुराँस लघुवित्त वित्तीय संस्थाले आइपियो बाँडफाँड गरेको छ।
कम्पनीको आइपिओ २३ हजार ३ सय ६३ आवेदकले गोलाप्रथाबाट प्राप्त गरेका हुन। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको २ लाख ३३ हजार ६ सय २५ कित्ता, कर्मचारीमा २ लाख ३३ हजार६ सय ३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ३ सय ६३ आवेदकलाई बाँडफाँड गरेको हो।
सर्वसाधारणमा निष्काशन गरेको लघुवित्तको आइपियोमा ५५ लाख ६० हजार ३ सय ४० आवेदन परेका थिए।
जसमध्ये ६ सय ४२ आवेदनबाट परेको १४ हजार ८ सय ९० कित्ताको माग आवेदन रद्ध भएको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।
३ लाख १ हजार ३ सय ९६ वटा आवेदन सदर भएको थियो। सदर आवेदनबाट ५५ लाख ४५ हजार ४ सय ५० कित्ता शेयर माग भएको थियो।
सदर आवेदकको ७.७५ आवेदकले मात्र लघुवित्तको आइपिओ पाएका हुन्। सदर आवेदकले ९२.२५ प्रतिशत अर्थात दुई लाख ७८ हजार ३३ जना खाली हात परेका छन्।
लघुवित्तले कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८ सय ७० कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।