धितोपत्र बजारको परिसूचक नेप्से ५.६४ अंकले घटेको छ।
सो अंक घटेसंगै नेप्से परिसूचक १२९१ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५५ बिन्दुले घटेर २७६ अंकमा पुगेको छ।
कुल १७४ कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता शेयर ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँमा खरिद बिक्री भएको हो।
स्टकका अनुसार कारोबार भएका १० उपसमूह मध्ये ८ उपसमूह घटेको छ भने २ उपसमूहमा बढेको छ।
बैंकिङ ८.३१, होटेल्स १२.१२, बिकास वैंक ७.६८, हाइड्रोपावर ३.५४, अन्य ०.९६, माइक्रो फाइनान्स ८.१८, जीवन बीमा ०.१८ अंकले घटेको छ भने निर्जीवन बीमा ५०.२१, उत्पादन ३६.०९,अंकले घटेको छ।
सानिमा बैंकको संस्थापक शेयर आज सवै भन्दा बढी ( ३२ करोड)को कारोबार भएको छ।
आज सवै भन्दा बढी नाफा कमाउनेमा सगरमाथा इन्स्योरेन्स, नेपाल हाइड्रो डेभ्लप्मेन्ट, हिमालयन डिस्टिलरी, जानकी फाइनान्स, शिभम सिमेन्ट, स्पर्श लघुवित्त, प्रिमियर इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त, लक्ष्मी इक्विटी, रिलायन्स फाइनान्सका लगानीकर्ता रहे।
सवै भन्दा बढी गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स, मल्टिपपर्स फाइनान्स, घलेम्दी हाइड्रो, शूयोदर्य लघुवित्त, अरुण भेली हाइड्रोपावर, राधी बिद्युत कम्पनी, कैलाश बिकास बैंक, नेश्नल माइक्रो फाइनान्स, दिब्यश्वामी हाइड्रोपावरका लगानीकर्ता रहे।