गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकले देश भर रहेका आफ्ना ७७ शाखाबाट इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।
सम्झौतामा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे।