सनराइज बैंकले बुटवल स्थित राम मन्दिर लाइनमा नयाँ शाखा संचालनमा ल्याएको छ।
शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे।
बैंकका देसभरि १०५ शाखा, २९ शाखारहित बैंकिङ्ग सेवा, ४ एक्सटेन्सन काउण्टर, १२० वटा एटिएम छन्।