सिभिल बैंकले आफ्ना शेयर धनीलाई १०.२५ बोनस शेयर सहित ४.०५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ।
बैंकको सातौं र आठौं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो। संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३,०७४ को मुनाफाबाट बैंकको चुक्तापूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख १९ हजार ३ सय १२ रुपैयाँ ८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने भएको हो।
साथै ०.५ प्रतिशतका दरले हुनआउने ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ ६ पैसा (कर प्रयोजनको) लागि नगद लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको छ।
बैंकले आर्थिक वर्ष २०७४,०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५ प्रतिशतका दरले हुनआउने २९ करोड ४० लाख दुई हजार ६९ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।
साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई.इच्छा राजतामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाशतायल, शम्भु प्रसादपन्त र युगेशबहादुर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।