समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानिमा बैंक, सशस्त्रप्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा नक्साल, नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ।
बैंकका अनुसार करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साझपख ब्यायाम गर्ने, विश्रामगर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमाप्रसिद्घ छ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाललेसाथै बगैंचाले नक्सालको शोभा बढाएको बताए।
सानिमा बैंकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा एटिएम रहेको छ ।