एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १४५.४१ प्रतिशतले खुद नाफा बढाएको छ।
गत आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा ९२ करोड ७६ लाख रुपैयाँ रहेको थियो। यस आर्थिक वर्षको ९ महिनामा बैंकले खुद नाफा २ अर्व २७ करोड रुपैैयाँ पुर्याएको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकको निक्षेप रकम १०.४२ प्रतिशत, कर्जा २२.२४ प्रतिशत, कुल ब्याज आम्दानी १००.५ प्रतिशतले बृद्धि भएको छ।
बैंकको चुक्ता पुँजी ८ अर्व ८३ करोड रुपैयाँ पुगेसँगै जगेडा कोषमा ५ अर्व ४५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको निश्क्रृय कर्जा ०.४५ प्रतिशत रहेको छ भने बितरण योग्य नाफा १ अर्व ५ करोड रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी ३४.३६ रुपैयाँ रहेको छ भने प्रतिशेयर सम्पत्ति मूल्य १६१ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात १३ रुपैयाँ ६४ पैसा रहेको छ।