रमादानको पवित्र महिनाको अवसरमा, कतार एयरवेजले काठमाडौँमा अभावमा रहेका परिवारहरुलाई अत्यावश्यक खाद्य सामाग्री प्रदान गरेको छ।
कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी एयरवेजले खाद्य सामग्री बितरण गरेको हो।
सो कार्यक्रम मार्फत प्रत्येक परिवारले २५ किलो चामल, ३ किलो चिनी, ५ किलो पिठो, ३ किलो चना, १ किलो नुन, १ किलो सनफ्लावर सिड्स र ५ लिटर सनफ्लावर तेल प्राप्त गरेको छ ।