शेयर बजारको परिसूचम नेप्से ६.३० अंकले बढेको छ।
सो अंक बढेसंगै नेप्से १३०१ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.२१ अंकले बढेको छ।
आज १ सय ६९ कम्पनीको २३ लाख ९२ हजार ४ सय ३ कित्ता शेयर ७८ करोड ६४ लाख १२ हजार ८ सय ८ रुपैयाँमा खरिद बिक्री भएको छ।
कारोबार भएका १२ उपसमूह मध्ये ७ उप समूह बढेका छन भने ५ उपसमूहको कारोबार घटेको छ।
बैंकिङ ०.८२, होटेल्स २०.६४, बिकास बैंक, ११.९४, हाइड्रो पावर ३५.४६, उत्पादन ५९.८१, अन्य १४.७३, सामूहिक कोष ०.१ बिन्दुले बढेका छन भने ट्रेडिङ ५.४९ , फाइनान्स ०.४३, निर्जिवन बीमा २५.६५, माइक्रो फाइनान्स १.४६, जीवन बीमा १३.०६ बिन्दुले घटेको छ।
सिभम सिमेन्टको आज सवै भन्दा बढी रकमको (११ करोड) कारोबार भएको छ। स्टकका अनुसार आज सवै भन्दा बढी नाफा कमाउनेमा सिभम सिमेन्ट, हाइड्रो इलेक्टिसिटी, किसान माइक्रो फाइनान्स, कर्पोरेट डेभ्लोप्मेन्ट बैंक,कालिका लघुबित्त वित्तीय संस्था, भार्गव बिकास वैंक, हिमालयन पावर पार्टनरका लगानीकर्ता रहे।
सवै भन्दा बढी गुमाउनेमा हिमालयन हिस्टिलरी, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति हाइड्रोपावर बिकास कम्पनी, बिशाल बजार कम्पनी, सगरमाथा इन्स्योरेन्सका लगानीकर्ता रहे।