शेयर बजारको परिसूचक नेप्से आज २.२९ अंकले घटेको छ।
सो अंक घटेसंगै नेप्से १३१८ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८१ अंकले घटेको छ।
जम्मा १७३ कम्पनीको २९ लाख ९२ हजार ६ सय ६३ कित्ता शेयर ९४ करोड ७६ लाख ५६ हजार ५ सय १६ रुपैयाँमा कारोबार भएको छ।
आज ११ उप समूहको कारोबार भएकोमा ६ उप समूह घटेका छन भने ५ उपसमूह बढेका छन्। बैंकिङ ८.२४, होटेल्स १२.५६, हाइड्रो पावर १.१३, अन्य ०.३१, माइक्रो फाइनान्स ५.२३, जीवन बीमा १२.४ अंकले घटेका छन भने बिकास बैंक २१.२५, फाइनान्स २.८४,निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४, सामूहिक कोष ०.०१ अंकले बढेका छन्।
आज सबै भन्दा बढी कारोबार(१३ करोड) शिवम् सिमेन्टको भएको छ। सबै भन्दा बढी नाफा कमाउनेमा शिवम् सिमेन्ट, मल्टीपर्पस फाइनान्स कम्पनी, आइएई जेन्रल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, महालक्ष्मी बिकास बैंक, एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहे।
सबै भन्दा बढी गुमाउनेमा कृषि बिकास बैंक, कर्पोरेट बिकास बैंक, प्रोग्रेसिभ फाइनान्स, ग्लोबल आइएमई संयुक्त स्किम, उन्नति माइक्रो फाइनान्स, महिला सहयात्रा माइक्रो फाइनान्स, सिभिल लघुवित्तका लगानीकर्ता रहे।