माछापुच्छ्रे बैंकले रुपन्देहीमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।
बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा सेवा संचालनमा ल्याएको हो।यो सहित बैंकका ९८ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स
भुक्तानी तथा कर्जा आवेदन समेत गर्नसकिने छ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।बैंकका देसभरि १०० शाखा, ९८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १९८ स्थानबाट बैंकिङ कारोबार गर्दै आएको छ।