जनता बैंक र ह्याम्स अस्पताल धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ। सम्झौता पत्रमा अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरे।
संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन्। उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन्।