सिटिजन्स म्युचुअल फण्ड – २ को बिक्री बिहीबारदेखि खुल्ने भएको छ।
यो सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना हो। प्रति इकाई मूल्य १० रुपैयाँका दरको कूल १० करोड निश्कासन हुनलागेको हो। जसमध्ये बीज पूँजी वापत न्यूनतम एक करोड पचास लाख इकाई अर्थात कुल इकाई संख्याको १५ प्रतिशत प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ।
बाँकी ८ करोड पचास लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो।
यस इकाई निष्काशन प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त ‘आस्बा’ सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट वा अनलाइनमार्फत मेरो शेयर खाता प्रयोग गरी आवेदन गर्न सकिने बैंकले जानकारी दिएको छ। आवेदकले न्यूनतम सय इकाई देखि अधिकतम २ करोड इकाई सम्म आवेदन गर्न सक्ने छन्।