बिहीबार सेयर बजारको परिसूचक नेप्से ५ अंकले घटेको छ। १७० कम्पनीको ९३ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।
यस दिन जलविद्युत समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। अघिल्ला दुई दिन माथिल्लो तामाकोसीसहित अधिकांश जलविद्युत कम्पनीको मूल्य बढेकोमा आज तिनै कम्पनीहरुको मूल्य उच्च दरले घट्यो।
जलविद्युत समूह यस दिन सबैभन्दा बढी ६४ अंकले घटेको छ। गुमाउने ‘टप टेन’ कम्पनीमा ८ वटा जलविद्युत कम्पनीहरु मात्रै छन्। हिमालय उर्जा, हिमालय पावर, घलेम्दी, युनाइटेड मोदी, जोशी, सानिमा माई, कालिका पावर र रैराङ हाइड्रोको मूल्य उच्च दरले घट्यो। ति कम्पनीका सेयरधनीले ६. ७ प्रतिशतदेखि ९. ७ प्रतिशतसम्म मूल्य गुमाएका छन्।
त्यस्तै माथिल्लो तामाकोसीको सेयर मूल्यमा पनि ५. ९ प्रतिशतले गुमाएका छन्। कम्पनीको मूल्य प्रतिकित्ता २८७ रुपैयाँमा झरेको छ।
जलविद्युतबाहेक निर्जीवन बीमा समूहमा पनि ४४ अंकको गिरावट आएको छ। बैंकिङ, व्यापार, उत्पादनको गिरावट १ अंकमुनि थामियो।
होटल ३५ अंकले बढ्दा निर्जीवन बीमा समूहको वृद्धि ३ अंकमै खुम्चियो। अन्य, म्युचुअल फण्ड र माइक्रोफाइनान्स समूह झिनो अंकले बढे। फाइनान्स र विकास बैंक समूह क्रमशः ७ र ९ अंकले घटे।
माथिल्लो तामाकोसीको सेयर कारोबार सबैभन्दा उच्च रह्यो। सो कम्पनीको मात्रै १५ करोड ५९ लाखको सेयर किनबेच भयो। समग्र बजार घट्दा एनएमबि माइक्रोफाइनान्स र मल्टिपर्पोज फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढ्यो।