मेगा बैंकले त्रिभुवन बिमानस्थलमा एटिएम सेवा संचालनमा ल्याएको छ ।
बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा सहज बनाउन बिमानस्थलमा एटिएम सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ९९ पुगेको छ ।
सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर बिमान स्थलमा विस्तार गरिएको एटिएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको भनाइ छ।
देशभर १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।