मेगा बैंक र प्राइम लाइफबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सहमतिसँगै मेगा बैंकका ग्राहकले प्राइमको जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु बैंकका शाखाबाटै लिन सक्नेछन्। देशभरका १ सय २ शाखाबाट प्राइममा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त हुने बैंकले जनाएको छ।