शेयर बजारको परिसूचक नेप्से आज २ अंकले बढेकोे छ।
सो अंक बढेसंगै नेप्से १२६० अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अंकले बढेर २७० अंक कायम भएको छ।
आज जम्मा १७३ कम्पनीको १३ लाख ७३ हजार १ सय २० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँमा कारोबार भएको छ।
जम्मा ११ उपसमूहको कारोबार भएकोमा ३ उपसमूह घटेका छन् भने ८ उपसमूह बढेका छन्। बैंकिङ १.७, होटेल्स १२.८८, हाइड्रोपावर ८.८९, फाइनान्स २.०६, निर्जीवन बीमा ३७.२७, उत्पादन २८.३२, अन्य २.२७ अंकले बढेका छन् भने सामूहिक कोष हरियो रंगमा कायम भएको छ।
बिकास बैंक २.७६, माइक्रो फाइनान्स ३.१९, जीवन बीमा १८.८४ अंकले घटेका छन्। आज सबै भन्दा बढी कारोबार नेपाल बैंक(तीन करोड)को भएको छ।
सबै भन्दा बढी नाफा कमाउनेमा अरुण भ्याली हाइड्रोपावर, गुराँस फाइनान्स, गुराँस लघुबित्तका लगानी कर्ता रहे भने सबै भन्दा बढी गुमाउनेमा ग्लोबल आइएमइ लघुबित्त, युनियन हाइड्रोपावर, गुडविल फाइनान्सका लगानीकर्ता रहे।