प्रिमियर इन्स्योरेन्स कम्पनीले असार ३१ गते बार्षिक साधारण सभा गर्ने भएको छ । यो कम्पनीको २५ औं साधारण सभा हो । कम्पनीले साधारणसभामा हाल कायम चुक्ता पुँजीको ८४ प्रतिशतका दरले ४९ करोड ५ लाख ६० हजार बोनस शेयर शेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीको अहिले ५४ करोड ४० लाख चुक्ता पूजी छ ।
साधारणसभाको लागि भन्दै कम्पनीले असार २० गतेदेखि सेयर किनबेच बन्द गर्ने भएको छ ।
असार १९ गतेसम्म कायम शेयरधनीहरुले घोषणा गरिएको बोनस शेयर पाउने कम्पनीले बताएको छ ।